माघ १५
हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको केही पहाडी भू(भागमा आंशिक बदली रहेको छ । तराईका भू(भागमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ भने बाँकी भू(भागमा मौसम सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरुमा मौसम सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।