माघ १६
कृष्ण अन्जान
रुरु
पर्यटनलाई कृषि सँग जोडेर नया प्रयोगमा आइ रहेको इको टुरिजमको अवधारणाको सिको गर्दै रुरुक्षेत्र गाउँ पालिकाको वडा न १ ,२,३ र ४ को सँगम तालखोला क्षेत्र इको टुरिजमको हब बन्ने तयारीमा छ ।
रुरुक्षेत्रको बलेटक्सार र रिडीबजार बाट समान दुरिमा रहेको तालखोला क्षेत्रमा हजारौ रोपनि खेत बाँझो रहेको र यहिबाँझो खेतलाइ उर्वर बनाउँदै इको टुरिजमको शुरुवात हुन लागिएको हो ।
यतिबेला ग्वादि गाउँका ज्ञान बहादुर हमालले तालखोला कृषि तथा पशुँपँछि फार्मको नामबाट स्थानिय बृतिखेतमा कृषि फार्मका लागि टनेल माछा पोखरी बाख्रा कुखुरा पालनका लागि खोर निर्माण शुरु गरि सक्नु भएको छ भने टनेलमा टमाटर र खेतमा काउलि बन्दा धनियाको उत्पादन शुरु भइ सकेको छ।माछा पोखरी खनि सकिएको छ बाख्रा कुखुराको खोर तयार छ अब माछा कुखुरा र बाख्रा ल्याउने तयारीमा छु हमालले भन्नु भयो ।
यसपछि सुविधा सम्पन्न कटेज निर्माण गरिने छ र करिव एकसय जना सम्मको लजिँग र फुडिँगको व्यवस्था सहितको रिसोर्टको तयारी शुरु भइसकेको र जग्गा पनि लिजमा लिइसकेको हमालले बताउनु भयो ।
मुख्यतया तालखोलामा आउने ग्राहकले खोरबाट रोजेका लोकल कुखुरा लोकल बोका खसि र माछा पोखरिबाट आफै माछा मारेर स्थानिय स्वाद लिन पाउने गरि रिसोर्टको व्यवस्थापन गरिने यश रिसोर्टका सन्चालक हमालले बताउनु भयो ।
यश क्षेत्रको भँगेरीडाँडामा रहेको नेपालकै एकमात्र कफि अनुसन्धान केन्द्रमा दैनिकरुपमा अध्यन अनुसन्धानका लागिआउने कफि किसान हरुलाइ बस्ने र खाने उपयुुक्त व्यवस्था नभएको अबस्थामा प्रस्तावित तालखोला रिसोर्टको स्थापनाले आन्तरिक पर्यटकलाई सजिलो हुने देखिएको छ ।
कृषिलाइ पर्यटन सँग जोड्दा यो क्षेत्रको प्रचार प्रसार पनि हुने र कृषि तथा पर्यटनको व्ववसायिकताले समृद्धि हासिल हुनुका साथै ग्रामीण रोजगारी सिर्जना हुने फार्म अवलोकनमा तालखोला पुग्नु भएका लुम्बिनी प्रदेश सभा साँसद कमल राज श्रेष्ठले भन्नु भयो ।
प्रदेश सरकारले इको टुरिजमका लागि कार्यक्रम ल्याएको छ सोहि अनुसार सहयोग हुने साँसद श्रेष्ठले भन्नु भयो ।
यहि क्षेत्रमा उत्पादित खान्किको स्वाद पस्कँदै रुरुक्षेत्रका धार्मीक महत्त्व राख्ने बम्घाकोट श्रृँग्गेश्वर रिडीधाम गलफुल रुद्रवेणि ऋषिकेश लागाएत कफिकेन्द्र को अवलोकन लाई प्याकेजमा जोडेर तालखोला रिसोर्ट निर्माणको काम शुरु भइसकेको यस परियोजनाका लगानी कर्ता ज्ञान बहादुर हमाललाइ उदृत गर्दै रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।