पाल्पा माघ १६
पाल्पामा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ ।
ज्यान जानेमा रामपुर नगरपालिका वडा नम्बर ५ मटेरीका १९ महिनाका प्रतिन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
योगमाया थापाको १९ महिनाको छोरा प्रतिन घर अगाडि रहेको कुलोमा शुक्रबार मध्याह्न १२ बजे डुबिरहेको अवस्थामा फेला परेका थिए । कुलोबाट निकालेर उपचारको लागि रामपुर अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।