कृष्ण अन्जान
रुरु १७ माघ
सवैले आज भोली वहाँलाइ माछा कृष्ण भनेर बोलाउँछन ।यो नाम रुरुक्षेत्र ५ का कृष्ण प्रसाद ज्ञवालीको ब्राण्डेड नाम हो ।
बयालिस वर्ष चक र डस्टर सँग रगडिएका रुरुक्षेत्र ५ गेवँका ज्ञवाली जीवनका पछिल्ला चरणमा मास्टरि पेशाका निवृत्त जीवनलाइ व्यवसायीक माछा पालन तर्फ लगाउनु भएको छ ।
त्यसोत २०५६ सालमा २ वटा पोखरीमा माछापालन शुरु गर्नु भएका ज्ञवालीलाइ माछापालन तर्फ आकर्षित र उर्जा भर्ने काम अष्ट्रेलियन स्वयँसेवक डर्क एभेनेरिले गरे ।
बम्घामा आएका अष्ट्रेलियन शिक्षक स्वयँसेवक एभेनरिको सल्लाह बमाजिम २ वटा पोखरिमा माछापालन शुरु गरेको थिए अहिले एघारवटा पोखरीमा व्यवसायीक माछा पालन गरिरहेको छु ज्ञवालीले भन्नु भयो ।
उल्लिखोला र पनियाटे खोलाको दोभान नजिकै करिब २६ रोपनि जग्गामा माछा फार्म फेलिएको छ र जहाँ ६५ वर्ष नाघेका ज्ञवालीको पौरखता देख्न पाइन्छ ।
मुख्यतया रहु नैनि बिगहेड कार्प ,सिल्वर कार्प कमन कार्प जातका करिव तीस हजार माछाहरु माछा पोखरीमा बयलि खेल्छन ।
सत्तरी लाखको लागतमा शुरु गरिएको श्री कृष्ण पशुपन्छि तथा मत्स्य अनुसन्धान केन्द्र गुल्मी जिल्लाकै एकमात्र व्यवसायीक माछा पालन फार्म हो ।
रुरुक्षेत्रको बलेटक्सार वहाँको माछाको बजार हो र गतवर्ष माछा बेचेर सातलाख शुद्द मुनाफा गरेको कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।प्याक्ट सँस्थाबाट १० लाख र प्रदेश सरकारबाट ३ लाख अनुदान पाइसक्नु भएका ज्ञवालीले राष्ट्रपतिबाट उत्कृष्ट कृषकको पुरस्कार पनि पाई सक्नु भएको छ ।
पौरखता मा रम्न सके आफ्नै गाउँ घरका बन्जर जग्गामा सुनफलाउन सकिन्छ भन्ने उदाहरण माछापालक कृषक ज्ञवालीले चरितार्थ गर्नु भएको छ ।