चुरामणि तिमिल्सिना
माघ १८
लुम्बिनी माध्यमिक विध्यालय तानसेन नगरपालिका वडा न १२ लुहुङले आगमि बर्ष देखि कक्षा ११ र१२ सन्चालन गर्न को लागि घर दैलो अभियानलाई तिब्रताका साथ अगाडी बढाएको विध्यालयका प्रधानाध्यापक दिपक गौतमले जान्कारि दिनु भयो । करिब ५० लाख जम्मा गर्ने महान उदेश्यका साथ अभियान सन्चालन गर्दा स्थानियमा खुसी छाएको विध्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्सोतम गैरेले बताउनु भयो । यसै सिलसिलामा वाड न१२का वडा अध्यक्ष देब्रेन्द्र बहादुर राना र धर्मपत्नी भबिसरा राना र आमा रुक माया रानाले आफ्ना स्व पिता तुल्सिराम रानाको सम्झना गर्दै अभियान लाई सफल पुर्याउन आफ्नो आफ्नो तर्फबाट रु १ लाख पाँच हजार ५ सय पच्पन्न रुपियाँ प्रदान गरेको अध्यक्ष रानाले जान्कारि दिनु भयो । राना यसै विध्यालयमा अस्थायी शिक्षकको रुपमा २०४० सालदेखी २०४२ साल सम्म रहि शिक्षकको कार्यभार समाल्दै आउनु भएको थियो। अध्यक्ष राना पाल्पा खाने पानी , सेल्भ त चिल्ड्रेन स्थानिय संघ सस्थाहरुमा काम गर्दै आउनु भएको थियो। भने स्थानिय निर्वाचनमा बिजेता हासिल गरिपछि जनप्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको छ । उहाँले भन्नू भयो वडाको तर्फबाट यसै अभियानलाई हातमा हात मिलाएर सबैलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।