१९ माघ
कृष्ण अन्जान
रुरु
रुरुक्षेत्रको थोर्गा गाउँको उखुखेतिको करिव चारसय बर्ष व्यतीत हुँदा उखुपेल्ने खुदो पकाउने र गुण पार्ने प्रविधि पनि परिवर्तन हुँदै गएको छ ।
पुर्खाले काठको कोलमा उँखु पेलेर परम्परावादि तरिकाले तामाको ताउलामा खुदो पकाउँथे जुन प्रकृया तीन शताब्दि सम्म चल्यो ।
काठको कोलमा आमा बा हरुले कोलको बाहाँ घुमाएर उँखुपेलिन्थ्यो तर त्यो पुस्ता भने अहिले छैन ।
त्यसपछि फलामको कोल आयो ।दुई वटा ठुला र एउटा सानो फलामको बेल्नाको बिचमा उँखु छिराएर गोरु घुमाउँदै उँखु पेल्न शुरु गरियो । र रसेटोमा काटेमा ड्रम बसालेर खुदो पकाउन शुरु भयो ।यसरी शुरुमा आएको कोलमा उँखुलगाउँदा हात समेत पेलिएर अपाँग भएका पनि थोर्गा गाउँमा एकाध भेटिन्छन ।
अहिले पनि यो कोल प्रयोग भएको पाइएको छ ।तर पछिल्लो चरणमा भने अत्याधुनिक उँखु पेल्ने कोल थोर्गामा आइ सकेका छन।
मुख्यरुपमा विध्युतिय मशिन बाट उँखु पेल्ने यो प्रविधिमा उँखु मशिनमा घान लगाएपछि सिधै रस रसेटा बासलिएका कराइमा जाने गर्दछ अत्यन्तै सजिलो हुने गरेको घरमै कोल गाडेका इन्दुवर ज्ञवालीको अनुभव छ ।
यो अत्याधुनिक रसेटोमा दाउरा नचाहिने र त्यहि उँखुको खोया ले सजिलै खुदो पाक्ने हुँदा दाउराको झण्झट पनि छैन ।
यहाँ सम्मकि व्यवसायीक गुँड उत्पादनमा ख्याति कमाएका थोर्गाका इन्दुवर ज्ञवालीको घरमा त गुँड पार्ने अत्याधुनिक मशिन समेत रहेको छ ।
पछिल्लो चरणमा त उँखु ब्लक सन्चालक समितिे अनुदानमा उँखुको बीउ आधुनिक मशिन सानो ठुलो ,खुदो राख्ने ड्रम ,खुदो पकाउने कराइ ,हाते टेक्टर ,टिनको छानाको ट्रस्ट ,स्पेयर पम्प ,आधुनिक चुलो ,गुँड उत्पादन सामाग्री सबै अनुदानमा उपलव्ध गराउन थाले पछि उँखु किसान हरु अत्याधुनिकता तर्फ प्रवेश गरेको उँखु व्लक सन्चालक समितिका अध्यक्ष हुतराज गौतमको भनाइ छ ।
प्रधान मन्त्री कृषि आधुनिकी करण परियोजना अन्तरगतको उँखु व्लक सन्चालक समितिको कार्यालय रुरु १ र ३ को सँगम स्यालपोखरिमा रहेको र सबै सामाग्री त्यहिँबाटरुरु १ ,३ र ४ का उँखु किसानलाइ उपलब्ध हुनेरेको रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।