गुल्मी, १९ माघ ।
सुनिल न्यौपाने
जिल्ला ट्राफिक कार्यालय गुल्मीको आयोजनामा गुल्मीको मुसिकोट नगरपालिका(३ स्थित पृथ्वी माध्यमिक बिधालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
पृथ्वी माध्यमिक बिधालय कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको लागी उक्त कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाई जिल्ला ट्राफिक गुल्मीका प्रमुख जगन्नाथ पाण्डे ,नवीन भण्डारीले सवारी दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सावधानी, सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु तथा ट्राफिक नियम सम्बन्धी बिबिध बिषयहरुमा प्रशिक्षण कार्यक्रम गर्नुका साथै ट्राफिक चेतनामुलक पर्चा,पम्पलेटहरु समेत बितरण गरीएको थियो ।
पृथ्वी माध्यमिक बिधालयका प्र अ चन्द्र पाण्डेले कार्यक्रममा बोल्दै विद्यार्थीको लागी यस्तो कार्यक्रम अति आवस्यक रहेको र यस कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नु भयो प्र अ पाण्डेले उक्त जनचेतनामूलक कार्यक्रम यस बिधालय ल्याउन विशेष पहल गरेकोमा सुनिल न्यौपानेलाई धन्यवाद दिनुभएको थियो ।
पछिल्लो समय जिल्ला ट्राफिक गुल्मीले जनचेतनामूलक कार्यक्रम सक्रियता पुर्वक संचालन गर्दै आएको छ। कार्यक्रम जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डे ,नवीन भण्डारी ,गौरव ज्ञवाली संचारकर्मी सुनिल न्यौपाने पृथ्वी माध्यमिक विद्यालयका प्र अ चन्द्र बहादुर पाण्डे र शिक्षकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।