चुरामणी तिमिल्सिना
२१ माघ, गुल्मी ।छोरा प्रतिप गैरेको जन्मदिनमा बुवा आमा बाट बिध्यालयमा लाखौको आर्थिक सहयोग
लुम्बिनी माध्यमिक बिध्यालय तानसेन नगरपालिका वडा न १२ लुहुङ पाल्पा निवासी सामाजिक अभियान्ता धार्मिक अनुरागी तथा यसै माध्यमिक बिध्यालय सन्चालक समितिका अध्यक्ष पुर्सोतम गैरे र यसै बिध्यालयकी पुर्ब शिक्षक अभिभावक संघकि अध्यक्ष प्रेम कला गैरेले आफ्ना छोरा प्रदिप गैरेको शुभ जन्म दिन्को पावन अबसरमा रु १लाख पाँच हजार पाँच सय पच्पन्न रुपियाँ अभिभाबक संघका अध्यक्ष तारा बहादुर राना र प्रधानाध्यापक दिपक गौतम लाई उक्त रकम हस्तान्तरण गरेको बताउनु भयो । अध्यक्ष गैरका सम्पुर्ण परिवारका सदस्य परिवारले यसै बिध्यालयमा पठन पाठन गरेको र उच्च शिक्षा आर्जन गरि आम्दानी भएको हुनाले आफुहरुले सक्दो सहयोग गरेको छोरा प्रदिपले बताउनु भयो । प्राय गरि समाजमा जन्म दिन्मा गरिने फजुल खर्च लाई सामाजिक कार्यमा लगाउन पाउदा आफ्नो परिवारमा खुसी छाएको प्रेमकलाले बताउनु भयो । यस्ता पर्व उत्सब तथा तिथि हरुमा परिवारको नामबाट साना साना भएपनि सहयोग गर्दै आईरहेको परिवारको भनाइ छ ।