माघ २२
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताउनुभएको छ ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी समेत गर्नुभयो ।
त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताउनुभयो । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उहाँले बताउनुभयो ।
यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उहाँले यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना आफुहरुले बुझेको तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउने बताउनुभयो । संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अबअझ सशक्त आन्दोलन हुने बताउनुभया