माघ २२
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिका विषयमा काँग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने माग गर्नुभएको छ ।
सरकारको कदमलाई काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उहाँले बताउनुभयो । नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोलाउनका लागि आफूले सभापति शेरबहादुर देउवालाई भनेको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।
नेता पौडेलले संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिको विरोध गर्दै यसका विषयमा पार्टीले स्पष्ट धारणा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले संसद छलेर ल्याएको अध्यादेशलाई देखाएर सरकारले गैर संवैधानिक कदम चालेको बताउन ुभएको छ ।