माघ २२
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहको आमहड्तालको कारण गुल्मी जिल्लाको जनजीवन पनि प्रभावित बनेको छ ।
विहान देखि नै बन्दको प्रभाव पूर्ण रुपमा परेको हो । केपीओली सरकारले एकतर्फी रुपमा अवैधानिक तवरले संवैधानिक अंगका सदस्यहरुको नियुक्ति र संसदविघटनको विरोधमा आन्दोलनरत नेकपाले बुधवार संवैधानिक परिषद्का सदस्यलाई सपथ गराएपछि बन्दको कार्यक्रम घोषणा गरेको हो ।
दुईतिहाई बहुमतको सरकारले संविधान विरुद्धका गतिविधि गरेको भन्दै सोही पार्टीका प्रचण्ड माधव समूह अहिले आन्दोलनमा रहेको छ । आन्दोलनका क्रममा आम हड्तालको कार्यक्रम गरेको हो । आमहड्तालको कारण गुल्मी सहित देशभर यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्था, कलकारखाना लगायत ठप्प रहेका छन् ।
बन्दले लामो तथा छोटो दुरीको यातायातका साधनहरु समेत चलेका छैनन् । गबन्दकर्ताले दुध, तरकारी, एम्बुलेन्स, शबबहान, प्रेस लगायतका सवारीलाई भने रोकतोक गरेका छैनन्, यि बाहेक अन्य क्षेत्रमा भने पूर्ण रुपमा रोक लगाइएका थियो ।