माघ २३।
कृष्ण अन्जान
रुरु
रुरु प्राथमिक स्वास्थ केन्द्र रिडी र सप्तचण्डी महिला समुहको पहलमा मानसिक सन्तुलन नभएका एक पुरुषको उद्दार गरि मानव सेवा आस्रम बुटवलमा बुझाइएको छ ।
लामो समय देखि रिडीबजारमा दुखि जिन्दगी विताइ रहेका भारतिय मुलका ती व्यक्तिलाई रुरु प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक विकास पन्थि उपमा श्रेष्ठ तथा कर्मचारि हरि मनोज गिरी बाबुराम बिक चन्द्र रजाली कमला थापा तथा रुरु स्वास्थ्य चौकि ग्वादि स्वास्थ चौकि र सप्तचण्डि महिला समूह बाट १२ हजार रकम सँकलन गरि उद्दार गरिएको हो ।
यो समुहले मानसिक सन्तुलन ठिक नभएका ती व्यक्तिलाई नुहाइ धुवाइ गरि नया कपडा तथा जुताको व्यवस्था सहित गाडि रिजर्भ गरि रुरु प्राथमिक स्वास्थ केन्द्रका कर्मचारी मनोज गिरी र चन्द्र बहादुर रजालीको रोहवरमा मानव सेवा आस्रम बुटवलमा पुर्याइएको हो ।
मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रति सामाजिक उत्तर दायित्व वहन गर्दै उद्दारको कार्य गरेको सप्त चण्डि महिला समूह कि अध्यक्ष धना रानाले बताउनु भयो ।
रुरुक्षेत्र धार्मीक स्थल भएकाले पनि मानसिक रोगि हरु यसक्षेत्रमा आउने र यतै अल्मलिएर बस्ने मात्रै होइन दुख पाउने गरेकाले दया लागेर पनि यसरी आउने लाई पटक पटक उद्दार कार्य गरेको सप्तचण्डि महिला समूह कि सचिब मिना रायमाझीले बताउनु भयो ।
गाँस बाँस र कपासको अभावमा नारकिय जीवन बिताउने गरेका यश प्रकारका असहायको उद्दार मानविय कार्य भएको रुरु बाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।