माघ २४
सरकारको असंवैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेस अर्घाखाँचीका सुभेच्छुक संस्थाहरुको बिरोध कार्यक्रम सम्पन्न भएको छ।
विरोध कार्यक्रममा पत्रकार , शिक्षक, कर्मचारी , प्राध्यापक , स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियोे ।
विपि स्मृति भवन सन्धिखर्कबाट शुरु भएको बिरोध रयाली सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै सन्धिखर्क चुत्राबेसी बजार परिक्रमा गरि शान्ति बगैचामा गई कोण सभामा परिणत भएको थियोे ।
कोण सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान), पुर्ब सभापति कमल प्रसाद भुसाल , शिक्षक संघका अध्यक्ष यादव प्रसाद घिमिरे , ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई , लोकतान्त्रिक गैसस महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल लगायतले सम्बोधन गरेका थिए ।कार्यक्रम शिक्षक संघका सचिव लालमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।