सुरेश छन्त्याल
२५ माघ÷बागलुङ
बागलुङको बडिगाड गाँउपालिका ३ सिसाखानीमा खानेपानीको हाहाकार
बागलुङको बडिगाड गाँउपालिका ३ सिसाखानीमा खानेपानीको हाहाकार भएको छ । सुख्खा मौसम सुरु भए संगै सिसाखानी बासी करिब २ सय घरधुरीका स्थानीयहरु पानी भर्नका लागि ३,४ घण्टा लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ चौकीमा पनि पानीको अभाव छ, त्यस्तै विद्यार्थीले आफ्नो लागि खाने पानी घरबाटै बोकेर आउने गर्दछन् ।