माघ २७
नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड–माधव पक्षका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागि रहेका थिए ।
प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड–माधव पक्षले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ । विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निकाल्ने जुलुसको केन्द्रीय नेताहरुले कमाण्ड गर्नेछन् ।