माघ २७
गुल्मी ।
श्रृङ्गा जनता मा वि छत्रकोट गा पा ४ श्रृङ्गा गुल्मीमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।यस विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको तर्फबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वि ब्य स अध्यक्ष होमनाथ कँडेल ,प्र अ विकास चन्द्र खरेल र कार्यक्रमका सभापति भुवन पन्तले टीका तथा पुष्प गुच्छा प्रदान गरी स्वागत गर्नुभएको थियोे ।कक्षा १२मा अध्ययनरत विद्यार्थी सन्ध्या पन्तको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कक्षा ११का तर्फबाट करिना टन्डन रअनिता भुषालले धन्यवाद मन्तब्य राखेका थिए । बिभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा वि ब्य स का पदाधिकारीहरु , शिक्षकहरु कर्मचारीहरु , रुरुएफएम का स्टेसन म्यानेजर युगराज बस्यालको आतिथ्यता तथा कक्षा ११ र १२ का विद्यार्थीहरू को सहभागिता रहेको थियोे । कार्यक्रममा शिक्षकहरुको तर्फबाट शिक्षक मीना गौतम कँडेल ,प्र अ विकास चन्द्र खरेल तथा प्रमुख अतिथि होमनाथ कँडेलले शुभकामना मनतब्य राख्नुभएको थियोे । कार्यक्रमको सन्चालन कक्षा १२ का विद्यार्थीहरू अर्जुन नेपाली र बिनिसा सोमरेले गरेका थिए ।