अनिल खत्री
२९ माघ, गुल्मी । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा टोपबहादुर बस्नेत चयन भएका छन् । बुधवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न दोस्रो जिल्ला अबिधेशन तथा तेस्रो साधारण सभाले बस्नेको अध्यक्षतामा १७ सदस्यि जिल्ला कार्य समिति चयन गरेको हो ।
यस अघि पनि अध्यक्ष रहेका बस्नेत दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन चयन भएका हुन् । समितिको उपाध्यक्ष रामप्रसाद पन्थी सचिव गोपलप्रसाद पाण्डेय सह–सचिव मनकला जिसी कोषाध्यक्ष रुद्राबहादुर केसी रहेका छन् ।
अबिधेशन क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा पशुपति पाण्डे र क्षेत्रनम्बर २ को महेन्द्र थापालाई चयन गरेको छ । जिल्ला भरबाट भेला भएका नेपाली सेनाबाट अबकाश प्राप्त भूतपूर्व सैनिकहरुको सहभागिता रहेको थियो ।
अबिधेशनको अबसरमा पूर्व कार्यसमिति तथा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिबेशनको अबसरमा निर्वतमान सचिव रामप्रसाद पन्थीले सचिवको प्रतिबेदन र कोषाध्यक्ष गोपाल पाण्डेले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अधिबेशनमा जिल्ल स्थित रहेको संग्राम सार्दुल गुल्मका सह सेनानी प्रकाश गिरीको सहभागिता रहेको थियो । कार्यक्रममा सहसेनानी गिरीले भूतपूर्व सैनीकहरुको संगनमा जस्तै अनुशान देख्दा खुसी लागेको बताए ।
उनले भूतपूर्व सैनीकहरुको हकहितको लागि एकता बद्ध भएर समाजिक क्षेत्रमा काम गरेको प्रतिे प्रशंसा गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीमा हाल झण्डै २ सय बढि सदस्यहरु आबद्ध रहेको उपाध्यक्ष रामप्रसाद पन्थीले बताए ।
हाल जिल्ला भर संगनमा थपिने क्रम बढिरहेको पन्थीले बताए । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीले हाल जिल्लामा भूतपूर्व सैनीकका घरमा परेका बिपत्ति तथा बिभिन्न कार्यहरुमा सहयोग गर्दै आएका पनि छन् ।