माघ,२८।
नेपालमा थप १ सय ३४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३४ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय १८ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७५३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५६७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ०४ हजार ६२६ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।