माघ,२८।
जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले आज सरसफाई गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ र डिवाइट युवा क्लबले जिल्ला प्रशासन कार्यालय अगाडि सरसफाई गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय अगाडिको ठाउँमा पहिला जस्तो सरसफाई थियो हामीले पुनःत्यही अवस्थामा लिनको लागि सरसफाई कार्य अगाडि बढाएका हौ, वडाध्यक्ष भलामीले भन्नुभयो । प्रशासन अगाडि पहिला धेरै सरसफाई थियो पछिल्लो समय प्रशासन अगाडि भौतिक निर्माणका कार्य गर्दा फोहोर भएका कारण सरसफाई गरिएको वडाध्यक्ष भलामीको भनाई थियो ।
प्रशासन अगाडि फोहोर भएको भन्दै वडाध्यक्ष भलामी पनि सरसफाई कार्यमा सहभागि हुनुभएको थियो । सरसफाई कार्यमा सहभागि हुने जनसमुदायलाई वडाध्यक्ष भलामीले धन्यवाद व्यक्त गरेका थिए । बिगत लामो समय देखि साबिकको लाकुरी मञ्च र जिल्ला प्रशासन कार्यालय अगाडी फोहोर र धुलो मैलो रहेको थियो ।
किरण पुस्तकालयको निमार्ण, लाकुरी मञ्चमा थ्रीडी पार्क निमार्ण गर्दा निमार्ण सामाग्रीले प्रशासन क्षेत्र कुरुप बनेको थियो । केही समय अगाडि बी टेलिभिजन गुल्मी लगायतका सन्चार माध्यममा थ्रीडी पार्क सञ्चालन हुन नसकेको र पार्कक्षेत्र फोहोरका कारण कुरुप बन्दै गएको रिपोर्ट प्रसारण भएको थियो । सोही समाचारको प्रभावले समेत सफाईको लागी नैतिक दबाब परेको थियो ।