फाल्गुन २
सरस्वती माध्यमिक बिद्यालय छत्रकोट गाउपालीका वडा नम्बर ३ भेडुवा बजार गुल्मीले ५७ औ वार्षिक उत्सव समारोह तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष झक बहादुर मिदुनको अध्यक्षता,शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्र बहादुर नेपालीको प्रमुख आथित्यता, प्रधानाध्यापक भुवन टण्डन ,सम्पुर्ण शिक्षक तथा बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
वार्षिक उत्सवको अवसरमा २०७६ सालको वार्षिक उत्सवको अवसरमा बिभिन्न स्थान हासिल गर्ने बिद्यार्थिहरुलाई पुरस्कार बितरण गरिएको छ । वार्षिकउत्सवको अवसर पारी बिद्यार्थिहरुले नाचगान गरि मनोरन्जन समेत प्रदान गरेको सहकर्मी रामचन्द्र बिकले जानकारी दिनुभयो ।