फल्गुन ४
माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्च्मी पर्व आज विध्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापुर्वक पुजा आराधना गरी गुल्मी , अर्घाखाँची र पाल्पाका विद्यालयमा पनि विशेष पुजा आराधना गरी मनाइएको छ ।
जिल्लाका शौक्षिक संस्थाहरुले आज आफ्नो विद्यालयमा पुजा आराधना गरी सरस्वतीको तस्विरमा माल्यार्पण गरी मनाएका हुन । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयले आज स्वस्वती माताको पुजा आराधना गरी मनाएको विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।
यस्तै छत्रकोट गाउपालीका वडा नम्ब ६ दौघाको नेपाल राष्ट्रिय माबि दौघा, दौघाहरी प्राबि मोहरे र काउले प्रावि काउलेमा पनि स्वरस्वती माताको पुजा आराधना गरी मनाएको प्रतिनिधि कालीदास आत्रेयले जानकारी दिनुभयो ।
रुरुक्षेत्रको थोर्गा च्यूरेक प्रावि , रुरु १को शारदा प्रावि, रुरु ३ को प्रतिभा प्रावि , राष्ट्रिय मावि थोर्गा ,अमरदिप प्रावि , कालिगण्डकी प्रावी च्युरेकमा पनि सरस्वती पुजा मनाइएको प्रतिनिधि कृष्ण अन्जानले जानकारी दिनुभयो ।
यस्तै रुरु क्षेत्र गाउपालीका रिडिका बिध्यालय र पाल्पाको अर्गलीका बिद्यालयमा पनि बिबिध कार्यक्रम गरि सरस्वति पुजा मनाइएको प्रतिनिधि चुरामणि तिमिल्सीनाले जानकारी दिनुभयो ।
यस्तै गुल्मी जिल्लाका बिभिन्न स्थानका बिद्यालयहरुमा आज बिद्याकी देबि सरस्वतीको पुजाआराधना गरी मनाईएको बिद्यालयहरुले जानकारी दिएका छन ।
त्यसै गरी अर्घाखाँचीको मालारानी गाउँपालिकाका सम्पूर्ण वडाका विभिन्न विद्यालयमा पुजा आराधना गरी मनाइएको मालारानी गाउँपालिका वडा नम्बर २ मा रहेको विरेन्द्र माध्यामिक विद्यालयका प्रधानध्यापक जित बहादुर केसीले बताउनुभयो ।
यस दिनलाई स साना बालबालिकाको अक्षरारम्भ गर्ने शुभ साइतको रुपमा पनि लिइन्छ। वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ।
एक वर्षलाई छ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ। वसन्त ऋतुलाई सृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ। वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ । पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास रहेको छ।