राधा पोख्रेल/फाल्गुन ४
गुल्मी- गुल्मीको मालिका गाउँपालिकामा सन्चालित ३ दिने नि शुल्क आँखा शिविर सम्पन्न भएको छ ।फागुन २ गतेबाट सन्चालन भएको शिबिरको मंगलबार अन्तीम दिन गाउपालीकाको वडा नम्बर ६ अर्जैइको कुमालगाउ सामुदायिक स्वास्थ्य इकाई अर्जैइबेसिमा १४३ जनाले परिक्षण गराएका छन । त्यसमध्ये १८ जनामा मोतियाबिन्दु भेटिएको छ । २० जना ७० वर्ष माथिकालाई निशुल्क रुपमा चस्मा समेत बितरण गरिएको छ ।
यसअघि वडा नम्बर २ दर्लिङको पाटाखर्क च्यानडाडा सामुदायिक स्वास्थ्य इकाई, छापहिलेको छाप सामुदायिक स्वास्थ्य इकाईमा परिक्षण गरिएको थियो ।
शिबिरमा ३६६ जनाले आखाको परिक्षण गराएका छन जसमध्ये ४६ जनाको मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने देखिएको छ भने ६४ जेष्ठ नागरिकलाई निशुल्क चस्मा बितरण गरिएको छ ।समापन कार्यक्रममा गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिको अध्यक्षता, गाउपालीका अध्यक्ष रित बहादुर थापाको प्रमुख आथित्यता, गाउपालीका उपाध्यक्ष देवा अर्यालको बिशिष्ट आथित्यता , नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेत लगायतको आथित्यता रहेको थियो । अर्जैइ स्वास्थ्य चौकि इन्चार्ज खिमराज पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन गाउपालीका स्वास्थ्य संयोजक बसन्त भुषालले गर्नुभएको थियो ।
मोतियाविन्दु देखिएका ४६ जनालाई यही फागुन १० गते सिमलटारीमा निःशुल्क आँखाको शल्यक्रिया गरिने गाउपालीका प्रवक्ता शोभाखर गिरिले जानकारी दिनुभयो । आखाँ अप्रेशन गर्नुपर्ने सबैलाईे यातायातको समेत सुबिधा दिइने उहाले बताउनुभयो । नि ःशुल्क आँखा शिविर मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको प्राविधिक सहयोगमा संचालन भएको थियो ।