फाल्गुन ५
गुल्मीको रेसुङ्गा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बुधबार शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ र ०७८ को लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा लिइएको हो । रेसुङ्गा नगरपालिकाले आफ्नो नगरमा रहेका आर्थिक स्थिती कमजोर रहेका नागरिकको लागि १०० दिनको लागि रोजगार दिइएको रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले नगरमा रहेका आर्थिक अवस्था कमजोर रहेका नागरिकको लागि १०० दिन सम्म काम दिइएर उनीहरुलाई रोजगारी दिइएको बताउनुभयो । काम गर्दा आफ्नो र हाम्रो हो भन्ने उदेश्यले काम गर्न उहाँले श्रमिकलाई आग्रह समेत गर्नुभयो ।