फाल्गुन 6
सुरेश छन्त्याल बागलुङ ।
वागलुङमा अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि अन्यलाई पनि प्राथमिकताका आधारमा कोरोना बिरुद्धको खोप लगाउने क्रम जारी छ । आइतबारबाट बागलुङमा कोरोना बिरुद्धको खोप अभियान अन्र्तगत पहिलो चरणकै दोस्रो प्राथमिकताको आधारमा खोप लगाउन थालिएको हो ।
यो चरणको खोप कार्यक्रम आगामी फागुन ८ गते सम्म सञ्चालन हुनेछ । यसअघि माघ १४ गते देखि २३ गते सम्म जिल्लाका विभिन्न स्थानमा कोरोना रोकथाम तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । यस क्रममा स्वास्थ्याकर्मी,सहयोगी, स्वास्थ्य स्वयंम्सेविका, एम्बुलेन्स तथा शव व्यवस्थापन सवारी चालक गरि १७ सय २९ जनालाई खोप दिइएको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।
पहिलो चरणमा खोप लगाउन छुटेका तर प्राथमिकतामा रहेका सरकारी कार्यालय, सार्वजनिक स्थान तथा बैंकका कर्मचारी, पत्रकार, जनप्रतिनिधी, सुरक्षाकर्मीलाई खोप लगाउने क्रम सुरु गरिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
८ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा ४ हजार जनालाई खोप लगाइने घिमिरेले जानकारी दिनुभयो । अव जिल्ला सदरमुकाम र पश्चिम बुर्तिबाङ बजारका साथै गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भोलिसम्म खोप लगाइनेछ ।
दोश्रो चरणको खोपअन्तर्गत आज गलकोट नगर अस्पतालमा आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई खोप लगाई कार्यक्रमको शुभारम्भ गरिएको थियो । बुधबार गलकोट नगर अस्पतालमा ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्वास्थ्य स्वयमसेविका, कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मि, पत्रकार, वैङ्क तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई खोप लगाईएको हो ।
बुधबार गलकोटमा १ सय ६ जना पुरुष र ९४ जना महिला गरि २ सय जना जनालाई खोप लगाईएको गलकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक मिरा गैरेले जानकारी दिनुभयो । खोप लगाईसकेपछि सुइ लगाएको ठाउ दुख्ने, सुनिने, रातो हुने, थकाई तथा आलस्य महसुस हुन,े ज्वरो आउने, टाउको दुख्ने, वाकवाकि लाग्ने समस्या देखिएमा तुरुन्तै सवास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरिएको छ ।
त्यस्तै मांशपेशि वा जोर्निको दुखाई, वान्ता आउने, फुलुको जस्तो लक्षण देखिन,े घाटि दुख्ने तथा खोकि लागेमा समेत अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ ।