माघ ६
सरकारले आम नागरिकको स्वास्थ्य सेवा सहज रुपमा गर्ने उद्धेश्यले लागु गरेको स्वास्थ्य विमा कार्यक्रम अहिले फेरि झन्झटिलो बन्न पुगेको छ । कोभिड १९को माहामारीका कारण हटाइएको विरामीको रेफरल लिने व्यवस्था पुन लागु गरेपछि विरामीहरु घण्टौ सम्म लाईनमा बस्न बाध्य भएका छन् ।
पाल्पामा लुम्बिनी मेडिकल कलेज,मिसन अस्पतालमा स्वास्थ्य विमा सेवाका लागी पाल्पा अस्पतालले रेफरल गर्ने गर्दछ तर पाल्पा अस्पतालमा आवश्यक जनशक्ति अभावका कारण दिनभरि नै विरामीहरु रेफरलका लागी मात्र लाइनमा बस्नु पर्ने बाध्यता बनेको छ ।
पाल्पा अस्पतालमा आबश्यक भौतिक पूर्वाधार, जनशक्तिको अभाव र विशेषज्ञ सेवा अभावका कारण विरामीहरु निजि अस्पतालमा उपचार गर्न जानुपर्ने वाध्यता छ । विशेष गरि ग्रामिण क्षेत्रका र पाल्पावाहेक अन्यत्र जिल्लाका विरामीहरुलाई उपचारका लागी २ दिन लाग्ने गरेको र समयमा उपचार पाउन कठिन हुने गरेको रेफर लिन आएका विरामीहरु वताउछन् ।
कोरोना भाइरसको प्रभाव अझै पनि कायम रहेको अवस्थामा विरामीहरु न्युनतम दुरि पनी कायम विनानै लाईनमा घण्टौ वस्नु पर्ने अवस्था छ । पाल्पा अस्पतालको व्यवस्थापनको कमीका कारण भएको अस्पतालका सुचना अधिकारी विर्सजन शर्मा वताउनु हुन्छ ।
आम नागरिकका लागी स्वास्थ्य विमा कार्यक्रम निकै प्रभावकारी भएको भएपनि सरकारी स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सहित आवश्यक सुविधा नहुदा बिरामीले पाएको सुबिधा पनी सजिलो संग उपभोग गर्न पाएका छैनन । जिल्ला अस्पतालमै आवश्यक सेवा भएको खण्डमा स्वास्थ्य सेवामा आमनागरिकको सहज रुपमा पहुच पुग्ने देखिन्छ । त्यसकालागी सरकारको सरकारी स्वास्थ्य संस्थालाई सवल र सक्षम वनाउन पर्ने देखिन्छ ।