चुरामणि तिमिल्सिना
माघ ६
रिडी ।
रिडी माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीको बिध्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र लाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट पाहुना सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सोकिय सचीव यदु ज्ञवाली र सामाजिक अभियान्ता नारायण पौडेल रहनु भएको थियो । बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।
बाल बिकास लाई सुबिधा सम्म्पन्न बनाउने, फिल्ड मा टायल लगाउने, सिकाइ उपलब्धी वृद्धि गर्ने, ल्यापटप खरिद गर्ने, नृत्य र खेल कुद सामाग्री ब्यबस्थापन गर्ने, नयाँ सफ्ट्वयर जडान गर्ने , समिति र शिक्षक बिच अन्तर्कृया र पिक्निक कार्यक्रम आयोजना गर्ने तथा बिध्यालयका कक्षा कोठा मर्मत सम्भार गर्ने निर्णय गरिएको बिध्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जान्कारी दिनु भयो बैठकमा यस बर्ष यहीँ बिध्यालय नमुना बिध्यालयको रुपमा प्रदेश सरकार बाट सिफारिस भएको हुनाले प्रदेशसरकार तथा महत्त्वपूर्ण भुमिका निर्बाहा गर्नु हुने सबै पक्षका महान भाबहरुलाइ प्रधानाध्यापक भण्डारीले धन्यवाद दिनु भएको छ ।