महेश बोहरा
फाल्गुण १४, गुल्मी
शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ दिब्रुङ्ग गुल्मीको ५६ औं बार्षिक उत्सव सम्पन्न भएको छ । हिजो र आज बिबिध प्रतियोगीतात्मक कार्यक्तमको साथमा आज समापन गरिएको हो । बिद्यालय व्यस्थापन समितिका अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रममा चन्द्रकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोबिन्द बलालको प्रमुख आथित्यता रहेको थियो । यस्तै कार्यक्रममा घनश्याम खरेल र ऋषिराम खरेलको बिशिष्ट आथित्यता रहेको थियो । सो कार्यक्रममा जनज्योती प्रााथमिक बिद्यालयका प्रभ्यानाध्यापक हरिनारायण शर्मा, किसिकोट प्राथमिक बिद्यालयका प्रध्यानाध्यपक तोयनाथ अर्याल, बिद्यालयका पूर्व प्रधयानाध्यापक चन्द्रकान्त खरेल, सामाजिक ब्यक्तित्व धातानन्द शर्माले शुभकामना मन्त्ब्य राख्नुभएको थियो । बिद्यालयका प्रध्यानाध्यापक रामप्रसाद अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले बिद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रगति प्रतिवेदन र साथमा आगामी रणनितिको बारेमा प्रकाश पार्नुभएको थियो । प्रध्यानाध्यापक अर्यालले बिद्यालयलाई जिल्ला कै उत्कृष्ट बनाउने, निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई पनि सञ्चय कोषको ब्यवस्था गर्ने, लगायतको आगामी रणनिती प्रस्तुत गर्नुभएको थियो ।
विधालयले विधार्थीहरुले प्रयोगमा ल्याउने विषय अङ्गग्रेजी,नेपाली,विज्ञान,पेशा व्यावसाय र सामाजिक विषयका शैक्षिक सामाग्रीहरु प्रर्दशन गरेका थिए। उक्त बिधालयका विज्ञान संकायका विधार्थीहरुद्दारा निर्मित वैज्ञानीक सामाग्रीहरु प्रर्दशन गरिएको थियो । कार्यक्रमको अवसरमा विधालयले विभिन्न संकायमा अध्यानरत विधार्थीहरुलाई छात्रवृति समेत वितरण गरेको थियो । सोहि अबसरमा विधालयका शिक्षक र विधार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । बिदागत रुपमा उत्कृष्ट हुन सफल बिद्यार्थीहरुका लागी बार्षिकरुपमा पुरस्कार बितरण गरिएको बिद्यालयका शिक्षक बिष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो । यस्तै बार्षिकउत्सव समारोहमा बिद्यार्थीहरुले शैक्षिक प्रदर्शनी गरेका थिए । उत्कृष्ट हुने बिद्यार्थीलाई कार्यक्रममा पुरस्कृत समेत गरिएको थियो । ३ तहमा शैक्षिक प्रदर्शनी बिद्यार्थीहरुले प्रदर्शन गरेका थिए । जसमा मा.बि, निमाबि, र प्राबिमा प्रथम, दिद्धतय र तृतिय हुने बिद्याथीहरुलाई पुरस्कार बितरण गरिएको थियो । सोही समारोहमा अन्य बिद्यार्थीको लागी पूर्व बिद्यार्थी तथा सामाजिक ब्यक्तित्व सुरज गौतमले प्रोत्सान स्वरुप पुरस्कार प्रदान गर्नुभएको छ । साथै कोरोनाको महामारीमा बिद्यालयलाई सहयोग गरेको भन्दै पूर्व बिद्यार्थी सुरज गौतमलाई बिद्यालयले सम्मान समेत गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।