फाल्गुण १४,
उमेरले सानै भयपनि बहुमुखी प्रतिभाका धनिका रुपमा चिनिने गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीका १४ बर्षका अनुज न्यौपाने बेग्लै प्रकारका बिद्यार्थी हुन । उनि रिडी माध्यमिक बिध्यालयमा कक्षा ९मा पड्ने बिद्यार्थी हुन । अनुजले केही बर्ष अगाडी बिध्या ज्वति इन्लिस बोडिङ इस्कूल मा पनि अध्यान गरे। अनुजले बिहान साझा फुर्सदको समयमा काम नलाग्ने चाउचाउका प्याक , पानीका बोतल तथा अन्य प्रयोग बिहिन भएका सामान बाट नया नयाँ प्रकारका बिज्ञानका सामाग्री बनाउने ,खेल कुद सङ सम्बन्धि सामग्रीहरु, बाल कक्षामा प्रयोग हुने तथा बाल बालिकालाई पडाइमा रुचि जगाउने खालका सामाग्री बनाउदै आइरहेका छन। उनले निर्माण गरेका सामाग्री आफ्नै बिध्यालयमा पनि प्रयोग सालामा राखियको बताए ।
यस्तै कक्षा ९ का बिज्ञान शिक्षकहरु बाल कृष्ण ज्ञवाली र टिकाराम पौडेलले भन्नु भयो थुप्रै प्रतिभाहरु बिध्यालयमा लुकेर रहेका सबै सामु पहिचान गराउन आफुहरुले सक्दो सहयोग गर्दै आइरहेको र हरेक गतिविधलाइ सहजता प्रदान गर्न बिध्यालयमा नै बिज्ञान कलबको समेत गठन गरियको र उनि अध्यक्ष समेत भएको बताउनु भयो । सामाग्री भए र निर्देशन गर्ने शिक्षक भएमा बौज्ञानिक बन्ने कुरामा सन्का नभएको बिध्यालय व्याबस्थापन समितीका अध्यक्ष चन्द्रलाल कसजुले बताउनु भयो। उनि जस्तै यस बिध्यालयका अन्य केही बिद्यार्थीहरु पनि यस्तै क्रियाकलापमा बडि रुचि देखाउदै आएका रिडीबाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ।