फागुन १५, ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मस्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहान जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । स्वास्थ्यमा समस्या भएपछि शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार ढकालले चिकित्सकसँग पूर्वमन्त्रीसमेत रहेका जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।