फागुन १५, ।
सप्तरीमा नेत्रविक्रम चन्द विप्लवका समूहका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आज बिहान खडक नगरपालिकाका रामनाथ मण्डल, राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख, एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । केही समययता व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग चन्दा माग्ने, धम्काउने लगायत गैरकानुनी गतिविधि गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी धमलाले बताउनुभयो । प्रहरीले उनिहरुबाट विप्लव समूहका केहि कागजात पनि बरामद गरेको छ ।