प्रेम सुनार
गुल्मी, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल समुहका स्थाई कमिटी सदस्य तथा लुम्विनी प्रदेश कमिटी ईन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु सबै संग पार्टी एकता कायमै रहने बताएका छन ।
शनिवार प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता ज्ञवालीले ओली सहितको पार्टी एकता सम्भव नै नहुने ठोकुवा गरे ।
‘जसले नेपाली जनताले ७० बर्ष अघि देखि लडेर ल्याएको संविधान खोस्न खोजेको छ । सांसद विगठन गरेर देश र जनतालाई अहित गर्ने काम गरेको छ ’– उनले थपे –‘मुलुकको अहित मात्र होईन राष्ट्रघाती अपराध गरेको छ अझ हामीले त्यस्ता अपराधी संग पार्टी एकता गर्न सक्छौं यस्तो कुनै पनि हालमा सम्भव छैन , अरु सबै संग भने हामी पार्टी एकता गर्न सक्छौं ।’
नेता ज्ञवालीले केपी ओली तत्कालिन माओवादी संग पार्टी एकता कम्युनिष्ट आन्दोलनका लागि नभएर कुर्चिका लागि पार्टी एकता गरेको पुष्टि भएको ठोकुवा गरे ।
हामीले त दुबै कम्युष्टि पार्टीको बिचार शिद्धान्त एउटै भएका कारण पार्टी एकता चाहेका थियौं र गएको निर्वाचनमा एउटै घोषणा पत्र लिएर जनता समक्ष गएर भनेका थियौ पछि हामी दुई वटा पार्टी एउटै हुने छौं भनेर बाचा पनि गरेका थियौं , ओलीजी हो कि होईन ? अनि अहिले आएर साविक एमालेलाई प्रचण्डलाई लगेर बुझाईयो भन्ने भ्रम छर्ने ?
उनले कार्यकर्ताहरुलाई स्पष्ट पादैं भने–‘ पार्टी एकताको घोषणा गर्ने , हस्ताक्षर गरेर जनताको बहुदलिय जनबाद ठाउँमा जनताको जनबाद राख्ने ओली जि तपाई होईन ? हामीले त समर्थन मात्रै जनाएका हुँ । अहिले आएर जनताको बहुदलिय जनबाद खोज्ने ?
उनले अहिले न साविक एमालेमा माओवादी विलय भएको र न साविक माओवाली एमालेमा विलय भएको भन्दै ओली समुहले छरेको भ्रमबाट मुक्त कार्यकर्ताहरुलाई आग्रह गरे । ‘कोही कसै संग विलय भएको होईन । कम्युनिष्ट पार्टीको एकता भएको हो , ओली समुहको भ्रममा नपर्नु होला’ –उनले भने ।
‘आफैुले विगठन गरेको सांसदमा ओलीजी फेश गर्न जाने रे’ उहाँ संग अलिकति पनि नैतिकता र ईमान्दारिता छ भने राजिनामा दिनु पर्छ , नेता ज्ञवालीले भने –‘ उहाँको अनैतिकता देखेर अहिले त लाज पनि उहाँ संग लजाउँछ । ’