गुल्मी, फागुन १५ । गुल्मीको धुर्कोट गाउँपालिका वडा न। ५ वस्तुमा रहेको छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव शनिबार बिबिध कार्यक्रमका बिच सम्पन्न भएको छ ।क्लबले आज आफनो प्रथम बार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
उक्त कार्यक्रममा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा एलिना बस्नेत प्रथम, मनिषा विष्ट द्धितिय, तितृय सदिक्षा पाण्डे र सान्तवना मनिषा थापा, सम्झना राना र सुमित्रा कुमाल भएका छन् । उत्कृष्ट नृत्यमा शर्मिला नेपाली छनोट हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले क्लबलाई शुभकामना व्यक्त गर्दै धुर्कोट गाउँपालिकाको नमुना क्लब रहेको र आगामि दिनहरुमा सामाजिक कार्यमा अग्रसर बन्न आग्रह गर्नुभयो । त्यस्तै विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले छोटो समयमा नै ।क्लबले धेरै सामाजिक कार्य गरको भन्दै आगामि दिनमा सामाजिक कार्य गर्न सुझाव दिदै गाउँपालिकाले क्लबलाई सहयोेग गर्ने बताउनुभयो सोहि क्लबका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता, गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रि, वडा न।५ वस्तुका वडाध्यक्ष ढुण्डिराज भण्डारी, वडा न। ५ का वडा सदस्य नरहरि भण्डारी, इस्मा गाउँपालिका बडा न ५ का वडा अध्यक्ष कलानिधी भण्डारी , इस्मा गाउँपालिका ट का अध्यक्ष हिरा जिसी लगायतको विशेष आथित्यता रहको थियो ।
क्लबका सल्लाहकार पिताम्बर भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन क्लबका सुचना सल्लाहकार सुरज पाण्डे र सल्लाहकार शोभाखर भण्डारीले गर्नु भएको थियो ।
नित्य प्रयोगीतामा २४ जनाको उपस्तिथि रहेको थियो । साथै सोहि अवसरमा चर्चित लोक तथा दोहोरी गायक हरी खत्रीको प्रस्तुति रहको थियो । क्लबले जेष्ठ नागरिकलाई सम्मान तथा केहि समय अगाडि विद्यालय स्तरीय निबन्ध प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण समेत गरेको छ । क्लबले निरन्तर सरसफाई कार्य र सामाजिक कार्यलाई अगाडि बढाउने जनाएको छ ।