फाल्गुन १७
नेपालमा थप ७३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । यो सगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ ।
थपिएका तीन जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।