राधा पोख्रेल फागुन १८
गुल्मी ।
गुल्मीको मालिका गाउपालीका वडा नम्बर ६ अर्जैमा गाउँपालिकाको टोलीले बन्दै गरेको मोटर बाटो र पुलको अनुगमन गरेको छ ।
फुलबारी ,अर्जैइ,बोम, नेटा, बाग्लुङ सडकखण्ड अन्तर्गत फुलबारी चोरकाटे खण्डको सडक स्तरोन्नति भइरहेको छ । नुतन कन्ट्रक्सन रेसुंगा नगरपालीका तम्घास गुल्मीले २ करोड बजेटमा काम गरिरहेको छ । अहिले सडकमा पक्की नाली बन्ने , संरचनाहरु निर्माण र ग्रावेलको काम भइरहेको छ । उक्त सडकको गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरि, वडा सदस्य बिष्णु भट्राई ,निर्माण व्यवसायि चन्द्र बस्नेत लगायतको टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले गुणस्तरिय काम गर्न आग्रह गरेको छ । सडक निर्माणको काम यहि पुष १७ गतेबाट सुरु गरिएको हो ।
यसैबिच सोहि टोलीले अर्जैइबेसिमा रहेको निर्माणाधिन अर्जेइबेसि सडक पुलको पनि अनुगमन गरेको छ । २० मिटर लम्बाई रहेको उक्त पुल यहि पौष १९ गते निर्माण सम्झौता भएको थियो । १ करोड,९० लाख,१४ हजार २ सय ५७ रुपैया रकममा २०७८ साल पौष ९ गते निर्माण सक्ने सम्ने गरि सम्झौता भएको छ । उक्त पुल निर्माण कार्य सकिएपछि बाग्लुङसग जोडिने सडक भएको हुनाले गाउपालीका केन्द्रसम्म जान र बाग्लुङसगको सहज यातायात पहुँचको लागि सहज हुने बिश्वास गरिएको छ।