चुरामणि तिमिल्सीना ,
फागुन १९ – गुल्मीको छत्रकोट गाउँपालिका वडा न १ हुँगामा गएराति चोरहरुले सात घर फोरेको छन ।
रातिको करिब १० बजेतिर तोल्घाका नेत्र प्रसाद भण्डारीको घरबाट नगद १५ हजार भन्दा माथि, बिहान दुइ बजे तिर केशब सुबेदिको घरमा दराज ढोका फोरिएको, दान बहादुर पल्लिको दोकान बाट महत्त्वपूर्ण कागजात तथा करिब ६ हजार भन्दा माथि नगद ,इन्द्रकला बिकको निवासमा ४ ढोका फोरिनुका साथै चादि तथा बहुमुल्य सामाग्री चोरि भएको स्थानिय केशब सुबेदिले जानकारी दिनुभयो ।
यस्तै बिर बहादुर सुनारको घरमा ढोका तथा दराज फोर्दा घरकोले थाहा पाएपछि चोर भागेको बताइएको छ । गणेश प्रसाद भण्डारीको घरमा पनि रु १२ हजार भन्दा माथि चोरले लगेको भण्डारीले जान्कारि दिनु भयो।
यस्तै गाउँ भरि चोरी बढ्न थाले पछी स्थानिय सुमित्रा सुबेदि छिमेकि राधिका न्यौपानेको घरमा बस्न जादा आफ्नै घरमा चोर पसेर चोरले नगद वृद्ध भत्ता बुझेर राखेको रु १५ हजार लगेको बताउनु भयो ।
चोर गाउँ भरि पस्न थाले पछी स्थानियमा त्रास फैलिनुका साथै रात भरि जाग्राम बसेको बिष्णु प्रसाद सुबेदिले बताउनु भयो।
अहिले गुल्मी श्रीङ्गा बाट प्रहरीको टोलिले चोरको खोजि गरिरहेको बताइएको छ । गाउँमा हिज देखि २ जना कपडा बेव्ने मान्छे पसेकोेले स्थानिले उनिहरुलाइ सङका लगेर प्रहरीलाइ जिम्मा लगाइएको छ ।