सुरेश थापा
सत्यवती, फागुन १९
जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भण्डारीको सभापतित्व रहेको कार्यक्रममा सत्यवती गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि पारिश्वर ढकाल विशिष्ठ अतिथि गा।पा। उपाध्यक्ष शुवर्ण सेर्चन शाहि स्वास्थ्य संयोजक सूर्य बहादुर राना, प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मी, बसुन्धरा ढकाल लगायतले संवोधन गर्दै डा। शिला ढकाल यस स्वास्थ्य केन्द्रमा आएयता धेरै सुधारका काम भएको र यस कार्यकालमा धेरै रोग परिक्षण र उपचारमा प्रयोग हुने प्रविधिका सामाग्री आफ्नै पहलमा उपलव्ध गराउनुभएको उल्लेख गर्दै सेवाग्राहीलाई उपचारमा सहजता प्रदान गर्न डा। शिला ढकालले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको थियो ।
सोहि अवसरमा डा। ढकालले कार्यक्रमलाई संवोधन गर्दै आफू थप अध्ययनकालागी जान लागेको उल्लेख गर्दै आफ्नो जन्मस्थानको स्वास्थ्यकेन्द्रमा आएर सेवादिन पाउदा अत्यन्तै खुसीलागेको बताउनुभयो । डा। सुनिल ज्ञवालीको स्वागत मन्तव्य पत्रकार सुरेश थापा, स्वास्थ्य केन्द्र पुर्व अध्यक्ष देवि प्रसाद भण्डारी लगायतको आतिथ्यता स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वंयम सेविकाको उपस्थिति रहेको कार्यक्रमको संचालन स्वास्थ्यकर्मी रामप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।