१९ फागुन, ।
नेपालमा थप ८७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३५ र पुरुषको संख्या ५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६२ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ७ सय ६६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५९ रहेको छ । यसै गरी पछिल्लो २४ घण्टामा१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।