अनिल खत्री
१९ फागुन, गुल्मी । गुल्मीको मालिकामा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका– ३ जुकेन भन्ने स्थानमा अन्दाजी ३७ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
मंगलवार गुल्मीसँगै छिमेकी जिल्ला प्युठान र बाग्लुङ सिमानामा टोडीएको स्थानमा भेटिएको शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्ट मार्टक गर्न गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टक गरेर पहिचाहनको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।