फाल्गुन २०
राधा पोख्रेल
गुल्मी ।
गुल्मीको मालीका ६ मा कोरोना खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न, बृद्धबृद्धालाई यातायातको व्यवस्था गरि घरघरमा पुर्याइने
गुल्मीको मालीका गाउपालीका वडा नम्बर ६ अर्जैइमा कोरोना खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर ६ अर्जैइमा २७५ जना ६५ वर्ष माथिका बृद्धबृद्धाहरु रहेका छन उनिहरुलाई खोप लगाउनको लागि १३ वटा टोल बाडेर यातायातको व्यवस्था गरेर स्वास्थ्य सस्थामा ल्याएर घरघरमा पुर्याउने निर्णय गरिएको छ ।
बृद्धबृद्धाहरु सेवा बाट बन्चीत नहुन भनेर समुह बिभाजन गरिएको हो ।
प्रत्येक टोलमा जनप्रतिनिधिहरु,महिला स्वास्थ्य स्वयमसेबिकाहरु,राजनैतिक दल,हेपो व्यवस्थापन समितिका पदाधिकारीहरु सबैको घरघरमा पुगेर कोरोना खोप लगाउन सम्झाउने ,बुझाउने कार्य गर्ने गरि कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना खोप बाट हुने फाइदा,किन लगाउन पर्छ भन्नेबारे छलफल भएको छ ।
हेपो व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष शोभाखर गिरिको अध्यक्षतामा गरिएको अभिमुखिकरण कार्यक्रममा अर्जैइ स्वास्थ्यचौकी प्रमुख खिमराज पोख्रेल ले सहजीकरण गर्नुभएको थियो ।
राजनैतिक दल,बिद्यालयका प्रधानाध्यापकहरु,महिला स्वास्थ्य स्वयमसेबिकाहरु, हेपो व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन अर्जैइ स्वास्थ्यचौकीका अहेव गोविन्द अर्यालले गर्नुभएको थियो ।