फाल्गुन २१
प्रधानमन्त्री ओलीले नेपालमा अब नेपालमा द्वन्द्व नरहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर समारोह’ कार्यक्रमलाई सम्बोधन गर्दै अब नेपाल शान्तिको दिशामा अघि बढेको र द्वन्द्व नरहेको बताउनुभएको हो ।
सम्बोधनलाई अघि बढाउनुअघि प्रधानमन्त्री ओलीले नेपाली जनताले शान्ति चाहेको र महासचिव विप्लवको शान्तिपूर्ण वातावरणमा आउने साहसिक कदमलाई राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यबाद दिनुभएको थियो ।
महासचिव विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ भएको पनि उहाँले बताउनुभएको छ ।
सरकारले विप्लव समूहसँग वार्ताका लागि निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको उहाँले बताउनुभएको छ ।