फाल्गुन २१
नेपालमा थप १२० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ५१ र पुरुषको संख्या ६९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८३ जना निको भएर घर फर्किएका छन् ।डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ३२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५८ रहेको छ । यसै गरी पछिल्लो २४ घण्टामा कुनै कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।