गुल्मीमा दोस्रो चरणमा १८ हजार बढिलाई कोरोनाविरुद्धकोे खोप दिइने

फाल्गुन २१
गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोनाविरुद्धको खोपको तयारी पुरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथीका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउनको निम्ति स्थानिय तहमा गरिएको सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डाक्टर भवानी शर्माले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले तयारी बारे शुक्रवार एक कार्यक्रम गरेर सार्बजनिक गरेको हो । खोप लगाउन आबश्यक भ्याक्सीन सम्बन्धीत स्थानीय तहमा पठाउन सुरु गरिएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहमध्ये दुइचरणका कोरोनाविरुद्धको खोप लगाइने भएको छ । जिल्लामा माग अनुसार खोप नआइसकेकाले तत्काल जिल्लाका सत्यवती, कालिगण्डकी, चन्द्रकोट, मुसिकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाइने भएको छ ।
दोस्रो चरणको अभियान १० दिनसम्म चल्नेछ । जिल्लाका १२ वटा स्थानीय तहका ९३ वटा वडामा रहेका स्वास्थ्य चौकीबाट खोप प्रदान गरिने डाक्टर भवानी शर्माले बताए । यस अघि गुल्मी अस्पतालबाट मात्रै प्रहन गरिएको थियो ।
जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने ६५ वर्षका माथीका १८ हजार ८८३ जना रहेका छन् । त्यसमध्ये हाल ११ हजार ८५० डोज कोरोनाविरुद्धको आएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
दुइचरण मध्ये दोस्रो चरणमा रुरुक्षेत्र, छत्रकोट, गुल्मी दरवार र रेसुङ्गा नगरमा लगाइने भएको छ । यो अभियानमा आबश्यक बाहेक यसअधि छुटेकाहरुलाई पनि लगाइने भएको छ ।
खोप लगाइसकेपछि कुनै पनि नकरात्मक असरहरु नभएकाले ढुक्क भएर खोप लगाउन डाक्टर शर्माले आग्रह गरे । यस अघि जिल्लामा कोरोनाविरुद्धको खोपका लागिस्वास्थ्य कर्मीहरु, जनप्रतिनिधी, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धीत व्यक्ति र पत्रकारहरुलाई लगाएको थियो ।

You might also like