लगनशिल महिला उद्यम समुह हाडहाडेको प्रथम बार्षिक साधारण सभा सम्पन्न

फाल्गुन २१

लगनिशिल महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ।
धुर्कोट गाउँपालिका गुल्मी र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत गठित समुहले प्रथम बार्षिक साधारण सभा गरेको हो।
लगनशिल महिला उद्यम समुहकि अध्यक्ष श्याम कुमारी रानाको अध्यक्षता, सहसचिव मिरा थापाको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतित्थता ,वडा अध्यक्ष विष्णु वहादुर थापा श्रीस, पशु बिकास अधिकृत श्याम बहादुर कार्की, वडा सदस्य डिल बहादुर थापा, वडा सदस्य कमला वि क, वडा सदस्य सावित्रा बस्नेत वडा सचिव नारायण पन्थी,समाज सेवि डिल बहादुर काउछा; प्रेम बहादुर काउछा, तुल बहादुर काउछा, हेफर प्रोजेक्ट नेपाल अन्र्तरगत पार्वता श्रेष्ठ सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका परियोजना संयोजक शंकर नेपाली, प्राविधिक संयोजक नारायण जि सी सामुदायिक सहजकर्ता लक्ष्मण सुनार पशु प्राविधिक गणेश थापा लगाएतको आतित्थता रहेको थियो । कार्यक्रमको संचालन समुहकि सचिव मिना भुजेलले गर्नुभएको थियो।

You might also like