सुरेश छन्त्याल
२१ फागुन, गलकोटी ।
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी स्वास्थ्य चौकीको बैठक सम्पन्न भएको छ। बैठकमा यहि फागुन २३ गते देखि संचालन हुन गइरहेको कोभिड(१९ विरुद्धको खोप ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ प्राथमिकताको आधारमा खोप लगाउने तयारी संगै प्रचारप्रसारको तयारी बैठक सम्पन्न भएको स्वास्थ चौकी कि प्रमुख रत्ना सुनारले जानकारी गराउनु भयो। फागुन २३ गते पाण्डवखानी स्वास्थ्य चैकीमा खोप लगाउन आउदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन सबैमा स्वास्थ चौकिले अनुरोध गरेको छ। त्यस्तै गलकोट नगरपालिका ११ रिघामा रहेको स्वास्थ्य चौकिमा पनि बैठक तथा छलफल सम्पन्न भएको रिघा स्वास्थ चौकिका अहेब दिल बहादुर श्रीसले जानकारी गराउनु भयो। कार्यक्रममा स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, सरोकारवालाहरुको सहभागीता रहेको सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।