सुरेश छन्त्याल
२२ फागुन, पाण्डबखानी । गलकोट नगरपालिका १० पाण्डबखानी अन्तर्गत काफ्रेमा रहेको शिवालय मन्दिरको उट्घाटन गरिएको छ । परम्परागतदेखि शिवरात्री मनाउदै आएको मन्दिर अहिले नया मन्दिर निर्माण भए संगै आज उक्त मन्दिर सविधानसभा सदस्य निरज पुनले उट्घाटन गर्नु भएको छ। मन्दिर उट्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनुभएका पुनले मन्दिर पवित्र धार्मिक स्थल रहेको भन्दै संरक्षण गर्न र यश पवित्र स्थलमा कुनै पनि राजनीतिक गन्ध नमिसाइ सबैले हातेमालो गरे मन्दिरको संरक्षण गर्न सकिन्छ भन्ने धारणा राख्नु भएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सुनारको अध्यक्षता
सविधानसभा सदस्य निरज पुनको प्रमुख आथितियतामा पुर्व गाविस अध्यक्ष याम काउचा, गलकोट नगर सदस्य राधिका पुन, बरिस्ठ समाजसेवि तथा यश मन्दिर निर्माणका लागि रु। ५ लाख सहयोग गर्नु हुने मानसिह छन्त्याल, गलकोट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ती, लगाएतले मन्तव्य राख्नु भएको थियो।
करिव १० लाखमा मन्दिर निर्माण भएको स्थानीयले बताए सोहि कार्यक्रममा मन्दिर निर्माण लागि सहयोग गर्नुहुने सहयोग दाताहरुलाइ सम्मान, प्रसाद ग्रहण गरिएको थियो । कमला थापाको स्वागत संगै सुरुभएको कार्यक्रमको संचालन आशा श्रीसले गर्नु भएको सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।