फागुन २३ गुल्मी ।
चुरामणि तिमिल्सिना
गुल्मीको सत्यबति गाउँ पालिका वडा न ६ जोहाङ खैरेनिमा लघुउध्यम बिकास सम्बन्धि ८ दिने तालिमको औपचारिक रुपमा सुभारम्भ गरियको छ। वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले ब्यानर अनाबरण गर्दै कार्यक्रमको उद्यघाटन गर्नु भयो । नेपाल सरकार उधोग तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोग र सत्यबति गाउँपालिकाको आयोजना र व्यवस्थापनमा कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत झविश्वर रेग्मीले जानकारि दिनु भयो । तालिममा महिला पुरुष गरि २० जनाको सहभागीता रहेको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । चैत्र १ सम्म सन्चालन हुने तालिममा सिलाइ कटाइ, तरकारी खेति ,बेकरिज निर्माण , हाउस वाइरिइ सम्बन्धि प्रशिक्षण गराइने तालिमका सहजकर्ता भुपेन्द्र बहादुर बोहरा र निर्जला पुन मगरले बताउनुभयो । तालिम उत्घाटन सत्रमा वडा न ६ का जनप्रतिनिधिहरु , सामाजिक अभियानताहरु शिक्षा प्रेमि महान भाबहरुको सहभागीता रहेको थियो ।