२३ फागुन, गुल्मीको बर्बोट पुर्कोट खण्ड स्तरोन्नतीको शिलन्यास गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरि भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बैधिक बिधि र परम्परा अनुसार शिलन्यास गर्नुभएको हो ।
गाउपालीका अध्यक्ष दान बहादुर केसिको अध्यक्षता रहेको कार्यक्रममा , भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आथित्यता, प्रदेश सांसद दिनेश पन्थी, अर्घाखाचीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद चेत नारायण आचार्यको बिशिष्ट आथित्यता रहेको थियो ।
यस्तै सडक पुर्वाधार बिकास कार्यलय गुल्मीका प्रमुख गोपिराज पुन , भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत यातायातका पुर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डे लगायतको आथित्यता रहेको थियो ।
उक्त सडक २०७७ माघ २८ गते १६ करोड ,५ लाख ३० हजार ५ सय ६१ रुपैयामा सम्झौता भइ २०८० साल साउन २३ गते सम्म सम्पन्न गर्नुपर्ने छ ।
कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बजेटको अभावमा बिकास नरोकिने बताउनुभयो । उहाले निर्माण व्यवसायिलाई समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो
हिम्दुङ्ग एसि जेभि बाग्लुङ्गका निर्माण व्यवसायि दिपक कुमार एडिले १८ महिनामै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यातायातका पुर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डेले बाटोको निर्माण कसरी गर्ने भन्ने प्राबिधिक पक्षहरूकोे बारेमा जानकारी गराउनु भएको थियो ।
प्रदेश सांसद दिनेश पन्थीले कार्यक्रममा बोल्दै सडक बिस्तारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यावाद दिनुभएको छ । उहाले आगामी दिनमा पनि निरन्तर बिकासका काममा लाग्ने उल्लेख गर्नुभयो ।
गाउपालीका अध्यक्ष दान बहादुर केसिले ग्रावेल गर्ने काम मदानेको लागि पहिलो पटक र ऐतिहासिक भएको बताउनुभयो । उहाले सबै पालीकाहरुसग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा अर्घाखाचीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद चेतनारायण आचार्य,सडक पुर्वाधार बिकास कार्यालय गुल्मीका प्रमुख गोपिराज पुन लगायतले बोल्नुभएको थियो ।
मदाने गाउपालीका उपाध्यक्ष सरिता खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाईले सन्चालन गर्नुभएको थियो ।