२३ फागुन, गुल्मी
सिलादी घमिर अर्खवाङ सडक स्तरुन्निती को लागि शिलान्यास सम्पन्न
गुल्मीको मालिका गाउपालिकाको पहुच मार्गको रुपमा सिलादी घमिर अर्खवाङ सडक स्तरोन्नतीको लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
मालिका गाउपालिकाको वडा नम्बर ७ घमिरको सिलादिमा एक समारोहका बिच आइतबार प्रदेश साम्सद दिनेश पन्थि ,अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने प्रदेश साम्सद चेतनारायण आचार्य, मालिका गाउपालिकाका अध्यक्ष रितबहादुर थापा, लगायतले सिलान्यास गर्नु भएको छ ।
गाउपालीका अध्यक्ष अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद दिनेश पन्थीको प्रमुख आथित्यता, अर्घाखाचीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद चेत नारायण आचार्य, मदाने गाउपालीका अध्यक्ष दान बहादुर केसिको बिशिष्ट आथित्यता रहेको थियो ।
मालीका गाउपालीका उपाध्यक्ष देवा अर्याल,मदाने गाउपालीका उपाध्यक्ष सरिता खड्का , यातायातका पुर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डे, सडक पुर्वाधार बिकास कार्यालय गुल्मीका प्रमुख गोपिराज पुनको आथित्यता रहेको थियो ।
मालीका गाउपालीका वडा नम्बर ७ का वडाध्यक्ष बेद प्रसाद पन्थी स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरिले गर्नुभएको थियो ।
२०७७ माघ २८ गते १० करोड ५७ लाख ७८ हजार ६ सय ६९ रुपैयामा सुर्य कन्ट्रक्सन श्री चम्पेश्वर सुजन जेभि बल्खु काठमाडौले २०७९ साल माघ २६ गते सम्पन्न गर्ने गरि सम्झौता गरेको छ ।