फाल्गुन २४
जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिए ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बसेको छैन । पार्टी एकतापछि पहिलोपटक संसदीय दलको बैठक बस्ने तय भएकोअरगरियाले जानकारी दिए ।
सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था छ ।
जसपाको संसदीय बैठकमा यो विषय र संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा पनि छलफल हुने एक नेताले बताए ।