गुल्मी ,फागुन २४
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लामा ढाड भाचिएर समस्यामा परेकि हुम कुमारी नेपालिलाई रू २ हजार बरावरको खाध्य सामाग्री एक कार्यक्रमका विच उपहार प्रदान गरिएको छ ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत गठित सयपत्री महिला उद्यम समुहले सो उपहार प्रदान गरेको हो ।
भोकालाई एकछाक भोजन होइन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला सम्पन्न भएपछी समुहका सदस्यहरूले सामुहिक प्रतिवद्धता गरेबमोजिम बास्तविक आबस्यकताको पहिचान गरि धुर्कोट गाउँपालिका वडा नं ७ वाग्ला जावुने निवासी ३८ वर्षकी हुमकुमारी नेपालि ज्याला मजदुर गर्ने क्रममा ढुङ्गा बोक्दा लडेर ढाड भाच्चिइ बिगत १ वर्ष देखि असक्त भई बसेकोले उहाको घरमा पुगी एक बोरा चामल, एक के जि दाल ,एक के जि नुन ,एक लिटर तेल उपहार प्रदान गरेको छ ।
कार्यक्रममा समुहकी उपाध्यक्ष सारदा घिमीरेको अध्यक्षता, उक्त धुर्कोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष हिम प्रसाद पन्थीको प्रमुख आथित्यता, सामुदायिक सहजकर्ता राजेन्द्र सुनार र सामुदायिक ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता हेमराज घिमीरेको आतित्थता रहेको थियो ।
समुहकी सदस्य रिमा घिमीरेको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रमको संचालन समुहकी सचिव सिता अर्यालले गर्नुभएको सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाको प्राविधिक संयोजक नारायण जि सीले जानकारी दिनुभयोे ।